काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा 'इलेक्ट्रोटेक २०२२ तथा १० औं अन्तरराष्ट्रिय इलेक्ट्रिकल–इलेक्ट्रोनिक्स प्रदर्शनी तथा गोष्ठी' हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त प्रदर्शनी मंसीर २२ गते देखि २५ गतेसम्म ४ दिन चल्ने छ । प्रदर्शनीको नारा 'नेपालको संमृद्धी ऊर्जा खपत अभिवृद्धी' दिइएको छ ।
प्रदर्शनीमा इलेक्ट्रीक एंव इलेक्ट्रोनिक्स, संचार, सूचना प्रविधिसँग सम्बन्धीत र वैकल्पीक ऊर्जा लगायत सबै विद्युतीय सामग्रीहरू प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालमै उत्पादीत स्वदेशी उद्योगका उत्पादनहरूलाई विशेष प्राथमिकताका साथ देखाइने आयोजकले जानकारी दिएको छ ।
विद्युतीय चुल्हो, विद्युतीय वाइरिङ तार, बल्व, स्वीचबोर्डलगायतका विद्युतीय सामानहरू प्रदर्शनीमा राखिने छ ।
आयोजकका अनुसार प्रदर्शनी आयोजना गर्नुको मुल उद्देश्य विद्युतीय उर्जा खपतलाई बढाउनका लागि विद्युतीय सामग्री संग सम्बन्धीत सम्पूर्ण सरोकारवालाहरूलाई एकै ठाँउमा जमघट गराएर सामानहरूको ब्रान्डीङ गर्नुका साथै सूचना आदानप्रदान गर्ने रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।