एशियन पेन्टस् न्यू बिज बिजनेश  कन्क्लेभ एन्ड अवार्डस् सम्पन्न

Share News

काठमाडौं । एशियन पेन्टस् ‘न्यू बिज बिजनेश कन्क्लेभ एन्ड अवार्डस्’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले सन् २०१३ देखि आयोजना गर्दै आएको अवार्डस्को सातौं संस्करण सोमवार सम्पन्न भएको हो । 

कार्यक्रमअन्तर्गत आठ विधामा अवार्ड वितरण गरिएको छ । तीमध्ये सातओटा संस्थागत रहेको आयोजक न्यू बिजनेश एज प्रालिले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणालाई व्यावसायिक क्षेत्रमा पुर्‍याएको उच्च योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको छ । उनी सरकारका अर्थसचिव पनि भएका थिए । 

सातओटा संस्थागत विधामा बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर, बेस्ट म्यानेज्ड कमर्सियल बैंक, बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक, बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी, बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी, बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी र बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड वितरण भएको छ ।  विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि सम्मानित हुने उत्कृष्ट संस्था र व्यक्तिको छनोट गरेको आयोजक न्यू बिजनेश एजका अध्यक्ष मदन लम्सालले जानकारी दिए । 

अवार्ड कार्यक्रमअन्तर्गत ‘इमर्जिङ थ्रू द क्राइसिस्’ विषयमा विज्ञहरूबीच प्यानल छलफल पनि सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि थिए । भारतको इन्स्टिच्युट फर स्टडिज इन इन्डस्ट्रियल डेभलपमेन्टका निर्देशक डा. नागेश कुमार कि–नोट वक्ताका रूपमा कार्यक्रममा सहभागी भएका थिए ।  

कार्यक्रमको मुख्य प्रायोजक एशियन पेन्टस् थियो । अन्य प्रायोजकमा गड्स अफ फर्निचर, मेटलाइफ, राष्ट्रिय वाणिज्य बैंक, नेक्सन ईभी, ब्यन्जन, एनएलजी इन्स्योरेन्स, डिसहोम फाइबर नेट, नेपाली पात्रो, प्रेसिडेन्ट ट्राभल एन्ड टूर्स थिए ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण आर्थिक अभियान फेसबुक पेज तथा न्यू बिजनेश एज युट्युब च्यानलबाट भएको थियो । 

न्यू बिजनेश एजले सन् २०१३ देखि आयोजना गर्दै आएको यस कार्यक्रमको टाइटल स्पोन्सरको रूपमा एशियन पेन्टस् रहँदै आएको छ ।

यो कार्यक्रम सन् २०१५ मा विभिन्न कारणले हुन सकेको थिएन । कोभिड–१९ महामारीका कारण ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड’को सातौं संस्करण हुन ढिलाइ भएको हो । 

यसअघि सन् २०१९ मा सम्पन्न छैटौं संस्करणमा ‘बेस्ट म्यानेज्ड कम्पनी’ अवार्ड बुद्ध एयरले पाएको थियो । ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ सम्मान द्वारिकाज होटेलका अध्यक्ष अम्बिका श्रेष्ठले पाएकी थिइन् ।

सम्मानित कम्पनीहरू
बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर
शिवम् सिमेन्ट्स लिमिटेड

बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी 
पहिलो, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
दोस्रो, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड 
तेस्रो, नेको इन्सुरेन्स लिमिटेड

बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स
पहिलो, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
दोस्रो, नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
तेस्रो, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड

बेस्ट म्यानेज्ड कमर्सियल बैंक
पहिलो, स्ट्याण्डर्ड चार्टर्ड बैंक
दोस्रो, सिद्धार्थ बैंक लिमिटेड
तेस्रो, राष्ट्रिय वाणिज्य बैंक

बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक
पहिलो, शाइन रेसुंगा डेभपलमेण्ट बैंक
दोस्रो, दोस्रो मुक्तिनाथ डेभलपमेन्ट बैंक
तेस्रो, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक

बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी
पहिलो, आइ. सि. एफ. सि. फाइनान्स लिमिटेड
दोस्रो, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स
तेस्रो, गुडविल फाइनान्स लिमिटेड

बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी 
पहिलो, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
दोस्रो, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
तेस्रो, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।