काठमाडौं । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्नो मोडल थ्री र मोडल एस कार भारी छूटमा कार बेचिरहेको छ । कम्पनीले अमेरिका र क्यानडामा यही महिनादेखि यी दुई मोडलका कारहरू छूटमा बेचिरहेको कम्पनीले वेबसाइट रहेको सेल्स पेजले देखाएको हो ।
अर्थतन्त्र सुस्ताउन थालेसँगै विद्युतीय सवारी साधनको माग सुस्त भइरहँदा कम्पनीले यो नीति लिएको हो । वर्षको अन्त्यअघि मोडल थ्री र मोडल एसमा कम्पनीले अमेरिकामा ७ हजार ५०० डलर र क्यानडामा ५ हजार डलर छूट दिइरहेको छ । साथै १० लाख किमिसम्म निःशुल्क सुपर चार्जिङ पनि दिइने बताइएको छ ।
अमेरिकी अर्थतन्त्र सुस्ताइरहेको समयमा घरेलु बजारमा माग सुस्त भएपनि कम्पनीले ३ हजार ७५० डलरमा पुराना मोडलका कारहरू बेचिरहेको भन्दै यो महीनाको शुरुमा समाचार पनि आएको थियो । कम्पनीले यो वर्षको अन्त्यमा चीनमा पनि केही मोडलमा ६ हजार युनआन (८०० अमेरिकी डलर)सम्मको छूट दिइरहेको बताएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।