आँधिखोला लघुवित्तले प्रस्ताव गर्‍यो लाभांश, बोनश कति ?

Share News

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/ ०७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ ।

कम्पनीले सोमवार नेप्सेमार्फत लाभांश प्रस्ताव सार्वजनिक गरेको हो । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ९० लाख रहेको छ । सोही पूँजीको आधारमा कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरणको तयारी कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीले गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । सिवाईसी नेपाल लघुवित्तसँग मर्जर प्रक्रियामा  रहेको यस कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।