काठमाडौं । आरविवि म्युुचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ मङ्सिर महीनामा नोक्सानीमा रहेको छ । कात्तिक महीनामा रू. ६३ लाख १९ हजारभन्दा बढी नाफामा रहेको योजना मङ्सिरमा भने रू. ६५ लाख ४२ हजार नोक्सानीमा गएको छ । कात्तिकको तुलनामा मङ्सिरमा आम्दानी घटेको र खर्च बढेकाले योजना नोक्सानीमा गएको हो ।
कात्तिकमा रू. १ करोड ३१ लाखभन्दा बढी आम्दानी गरेको योजनाले मङ्सिरमा भने रू. १८ लाख ८१ हजारमात्र आम्दानी गरेको छ । योजनाको प्राप्त भइनसकेको आम्दानी रकम मङ्सिरमा रू. १ करोड ७४ लाखभन्दा बढी रहेको छ । यो रकम कात्तिकमा रू. ४१ लाख ५३ हजारमात्र थियो । खर्च रकम कात्तिकमा रू. ६८ लाख ३९ हजारभन्दा बढी रहेकोमा मङ्सिरमा रू. ८४ लाख २४ हजारभन्दा बढी भएको हो ।
सातवर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाले धितोपत्रमा मङ्सिरमा गरेको लगानीको परल मूल्य कमिसनसहित रू. ७६ करोड ६० लाखभन्दा बढी छ । योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने रू. ११ करोड १८ लाखभन्दा बढी मात्र छ ।
मङ्सिर मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको छ । १२ करोड ५० लाख इकाई जारी गरेको योजनाको मङ्सिरमा प्रतिइकाई खुद मूल्य रू. ८ दशमलव ९२ रहेको छ । यो मूल्य कात्तिकमा रू. ९ दशमलव शून्य २ रहेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।