रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेशन’ उडान, नियमित उडानको तालिका बनाउँदै यति

Share News

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतवार नमुना (डेमोस्ट्रेशन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेशन उडान गर्न लागेको हो । 

डेमोस्ट्रेशन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । 

उनले आइतवार बिहान ११ बजे डेमोस्ट्रेशन उडान गरिन लागेको बताए । उक्त जहाज काठमाडौँबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ । आइतवार डेमोस्ट्रेशन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू गुल्मी जाने बताइएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।