काठमाडौं । एन्टिडोटले सुविधासम्पन्न डिजिटल थ्रिफ्ट स्टोरको शुरुवात गरेको छ ।
कम्पनीको अनुसार सेवा शुरू भए लगत्तै सेवाग्राहीले एन्टिडोटको डिजिटल थ्रिफ्ट स्टोरमा लगइन गरी आफूले प्रयोग गरिसकेका अथवा नयाँ लुगा, किताब, एक्सेसरिज्, र जुत्ता जस्ता वस्तुहरू सजिलै विक्रीवितरण गर्न सक्नेछन् ।
यसका साथसाथै डिजिटल थ्रिफ्ट स्टोरमा खरिदकर्ताले ढुक्कसँग प्रयोग गरिएको तथा नयाँ वस्तुहरूमा उत्कृष्ट डिलहरूबाट ३० देखी ९० प्रतिशत सम्मको छुटमा पाउन सक्नेछन् ।
"हामी विगत १२ महीनादेखि हाम्रो सेवाग्राही समुदायसँग व्यापक रूपमा सम्पर्क तथा छलफलमा छौँ । हाम्रो क्रेतारविक्रेता समुदायलाई ध्यानमा राखेर हरेक फिचर तयार पारिएको छ”, संस्थापक, मनिष जंग थापा भन्छन्। "एन्टिडोटमा टेक्नोलोजी टोलीको नेतृत्व गरिरहेका आतिश दुबे र विकास पनेरु, दुवै खरीददार र विक्रेताको गुनासो सम्बोधन गरिनु नै शीर्ष प्राथमिकता रहेको बताउँछ्न्।
फ्युजमसिन लगायत अरु विभिन्न टेक कम्पनी मा ८ वर्षको अनुभव बटुलेका पनेरुले हरेक महीना विक्रेताका लागि फिचररसुविधाहरू रोल आउट गर्ने कम्पनीको योजना रहेको बताउँछ्न्।
पनेरु भन्छ्न्, थुप्रै कार्यहरु कार्यन्वयनमा ल्याउनुपर्ने आवश्यक छ त्यसैले हामी निरन्तर विक्रेता माझमा छौं, जसले गर्दा सान्धर्भिक फिचर विक्रेतालाई सहज वातावरण हुनेछ ।
विक्रेताको रूपमा कसरी शुरू गर्ने ?
विक्रेताको रूपमा शुरू गर्न चाहने जोकोहीले पनि एन्टिडोटको ‘सेलर पोर्टल’मा आफ्नो अकाउन्ट खोली तुरुन्तै सामान विक्री गर्न सक्दछ्न् । कम्पनिले दिएको जानकारी अनुसार, विक्रेताले आफूले बेच्न चाहने वस्तुहरू धोईसकेपछि काठमाण्डौ उपत्यकामा रहेको १३ ‘सेल्फड्रप लोकेसन’ मा छोड्न वा घरैबाट पिकअपका लागि बोलाउन सक्ने जस्ता सुविधाहरू पाउनेछ्न् ।
हालसम्म उपत्यकाका न्यूरोड, धोबिघाट, टेकु, सातदोबाटो, बालाजु, अनामनगर, चाबाहिल, जडिबुटि, सुर्यविनायक, महाराजगंज, पुलचोक, र कुपन्डोलमा सीमित भए पनि, कम्पनीले यस वर्षको अगस्टको अन्त्यसम्ममा २ शहरहरूमा ‘पिकअप सर्भिस’को विस्तार गर्दै १० शहरको ५० स्थानहरूमा ‘सेल्फड्रप’को सुविधा विस्तार गर्ने योजना बनाएको छ।
सामान विक्री भैसकेपछि मात्र कमिसन लिने गरी व्यवस्था गरिएको कम्पनिले जानकारी गराएको छ ।
२० प्रतिशत कमिसन वापत एन्टिडोटले विक्रेताहरूबाट सामान पिकअप गर्ने (विक्रेताको अनुरोधमा), भण्डारण गर्ने, फोटोग्राफी, डेलिभरी, रिटर्न ह्यान्डलिङ, लगायत पेमेन्टको जिम्मा लिन्छ ।
ढुक्क भएर किन्नुहोस्
यदि तपाईंको नयाँ वर्षको संकल्प दिगो रूपमा बाँच्ने र ग्रहप्रति कोमल हुने हो भने, सेकेन्ड ह्यान्ड किन्नु भनेको तपाईंले आफ्नो जीवनमा ल्याउनैपर्ने बानीहरू मध्ये एक हुन सक्छ । (तथ्याङ्क अनुसार, नयाँ सट्टा एउटा सेकेन्ड ह्यान्ड वस्तु किन्दा लगभग १५ केजि सम्म कार्बन उत्सर्जन बचत गर्न सकिन्छ)
एन्टिडोटको नयाँ डिजिटल थ्रिफ्ट स्टोरले कुनै पनि ई-कमर्स पसलमा हुने सबै मानक सुविधाहरू प्रदान गर्दछ, जसले खरीदकर्ताहरूलाई वस्तुहरू फेला पार्न, मूल्यहरू तुलना गर्न, उत्पादनहरू सर्ट गर्न र अर्डर गर्न सजिलो बनाउँछ ।
सोचे अनुरुप सामान नपाउने डरमा हुनुहुन्छ भने तपाईं ढुक्क भएर किन्न सक्नुहुनेछ । एन्टिडोटको प्लेटफर्म मार्फत गरिएका सबै खरीदहरू दुई दिनको सजिलो रिटर्न सुविधाको साथ आउनेछ्न् (तत्काल उपत्यकाका खरीदकर्तामा मात्र लगू हुनेगरी) ।
कम्पनिको कस्टमर एक्स्पेरियन्स पक्षको पनि नेतृत्व गरिरहेका दुबेका अनुसार प्लेटफर्म मार्फत खरीद गर्ने हरेक खरिदकर्तालाई एन्टिडोटको बायार प्रोटेक्सन् पोलिसीले सुरक्षित गर्ने दाबी गर्छन्।
‘झन्झटरहित रिटर्न र एक्सचेन्ज जस्ता सुविधाहरू हाम्रो उद्योगमै पहिलो पटक हो’, दुबे दाबी गर्छन् । समान एक्सचेन्ज र रिटर्न जस्ता सुविधा कुनै पनि अरु थ्रिफ्ट स्टोरले नदिदा धेरै सेकेन्ड ह्यान्ड खरीदकर्ताहरू ठगिने डरले यस्ता वस्तुहरु किन्न आनाकानी गर्ने उनको बुझाई छ ।
एकदमै नयाँ इन्डस्ट्री भएकाले यसको सामान्यीकरणका लागि कम्पनी अग्रणी भूमिकामा रहेकाले आवश्यक पहलकदमी निरन्तर रुपमा गर्नुपर्ने संस्थापक टोलीको बुझाई छ ।
पहिलो ५०० खरिदकर्ताले ‘एन्टिडोट डिस्काउन्ट अफर’ अनुरुप १००० रुपैयाँ भन्दा माथिको अर्डरमा निःशुल्क डेलिभरीको लाभ उठाउन सक्नेछ्न्।
एन्टिडोट एक अनलाइन थ्रिफ्ट स्टोर हो जहाँ तपाईंले आफ्ना नयाँ अथवा प्रयोग गरिएका कपडाहरू, पुस्तकहरू, झोलाहरू र जुत्ताहरू बिक्री तथा खरिद गर्न सक्नुहुन्छ । २०२० को लकडाउनताका दराज खोतल्दा आफूसँग रहेको तर प्रयोग नगरिएको वस्तुहरूको चांगले छक्क पारेको स्मरण गर्दै थापा भन्छ्न्, “सायद यो समस्या मेरो मात्रै नहोला भन्ने आशाले एन्टिडोटको बिजारोपण गर्यौं” ।
एन्टिडोटले हालसम्म ५ हजार बिक्रेताहरूलाई ९० हजार भन्दा बढी प्रयोग गरिएका र नयाँ वस्तुहरू विक्री गर्न मद्दत गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।