पुस २९, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रस्ताव गरेको यस वर्षको लाभांश नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृत गरेको छ ।
मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त लाभांश वितरणका लागि विद्युत नियमन आयोगले पुस २६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जानकारी दिएको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पछि पनि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजारको आधारमा कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले वार्षिक साधारण सभा भने यो पुस मसान्तभित्र सम्पन्न गर्न असमर्थ रहेको जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।