आँधिखोला लघुवित्त र नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

Share News

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गरेसँगै माघ २ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १३ गते साधारण सभा बोलाएको छ । सभा होटल गाउँबेसीको सभाहल वालिङ-८, स्याङ्जामा बिहान ११ः३० बजे शुरू हुने जानकारी दिइएको छ ।

त्यसैगरी नेको इन्सुरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ १५ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।