काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट प्रस्ताव गरेको लाभांशलाई नियामक निकाय विद्युत् नियमन आयोगले स्वीकृति प्रदान गरेको छ ।
कम्पनीलाई ७ दशमलव ५ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्न पुस २६ गतेको पत्रमार्फत स्वीकृति प्रदान गरिएको हो ।
यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।