काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ४३ प्रतिशत कम नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ३ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी १० दशमलव ४३ प्रतिशत कम भएकाले नाफामा असर परेको हो । गत वर्ष सञ्चालनबाट हुने आम्दानी रू. ९ करोड ७१ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. ७ करोड ९७ लाखभन्दा बढी मात्र रहेको हो ।
कम्पनीले विद्युत् विक्रीबाट यस त्रैमाससम्म रू. १२ करोड २३ लाखभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १३ करोड ६५ लाखभन्दा बढी आम्दानी गरेको थियो । वित्तीय खर्च गत वर्षभन्दा करिब ११ प्रतिशत कम भएको छ । गत वर्ष रू. ५ करोड ९४ लाखभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ५ करोड ३० लाखभन्दा बढी मात्र भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ भने जगेडा कोष रकम रू. २१ करोड २० लाखभन्दा बढी ऋणात्मक छ । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ६६ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ५० रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।