दोस्रो त्रैमाससम्म अभियान लघुवित्तले गर्‍यो १ करोड ५४ लाख नाफा

Share News

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १ करोड ३८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. १ करोड ५४ लाख पुर्‍याएको छ ।

चालू आवमा कम्पनी रू. ९ लाख २५ हजार खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १८ दशमलव ९९ प्रतिशत घटेको छ ।

गत आवमा रू. ५ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेको कम्पनी चालू आवमा यो आम्दानी रू. ४ करोड ४० लाखमा सीमित भएको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि गत आवको तुलनामा चालू आवमा ७२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. २ करोड २० लाख रहेकोमा चालू आवमा रू. ६० लाख ९१ हजारमा सीमित भएको छ । 

चुक्तापूँजी रू. २५ करोड रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ४ करोड ९७ लाख सञ्चित गरेको छ । त्यस्तै रू. १ अर्ब ५३ करोड  सापटी र रू. ३० करोड २१ लाख निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ७ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ३८ (वार्षिक), मूल्य आम्दानी अनुपात ६० दशमलव ३३ गुणा, तरलता अनुपात ४३ दशमलव ५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ५१ रहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।