बरूण हाइड्रोपावरले बोलायो साधारण सभा, यो वर्ष पनि लगानीकर्ताको हात खाली 

Share News

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २८ गते १९औं वार्षिृक साधारण सभा बोलाएको छ । 

फागुन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले युनियन हाउस अनामनगर, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । 

साथै संस्थापक शेयरधनीबाट चार जना र सर्वसाधारण शेयरधनीबाट दुई जना गरी ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

आर्थिक वर्ष २०७६/ ०७७ मा भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ । पछिल्लो दुई आर्थिक वर्ष कम्पनीले शेयरधनीहरूमा लाभांश वितरण गरेको छैन ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।