आईटी क्विज, सोमवार, १५ वैशाख २०७१

Share News

- कम्प्युटरले बुझ्ने तथा प्रयोग गर्ने भाषा कुन हो ?
    मेशिन लेभल ल्याङ्ग्वेज

- केबल मोडेमलाई वायरलेश राउटरसँग जोड्न कुन तारको प्रयोग गरिन्छ ?
    आरजे–११ केबल

- एउटा औसत सीडीमा कति सञ्चय क्षमता हुन्छ ?
    ६ सय ५० एमबी

- फेसबूकमा युवाहरूमाझ अहिले एलओएल (LOL) शब्द अत्यधिक प्रयोग हुने गरेको छ । यसको पूर्ण अर्थ के हो ?
    लाफिङ आउट लाउड (ठूलो स्वरमा हास्नु)

- एप्पल आईको विकास कसले गरेका हुन् ?
    एप्पल आईको विकास स्टिभ वोजनियकले गरेका हुन् । यसको विकासका लागि उनले स्टिभ जब्ससँग सहकार्य गरेका थिए ।

- विश्वको पहिलो ई–मेल कहिले प्रेषित गरिएको थियो ?
    विश्वको पहिलो ई–मेल रे टोम्लिन्सनले सन् १९७१ मा पठाएका थिए ।

- इण्टेल कर्पोरेशनका संस्थापक को हुन् ?
    रोबर्ट नोयसका र गोर्डन मोरले संयुक्त रूपमा इण्टेल कर्पोरेशनको स्थापना गरेका हुन् । गोर्डन मूर ‘मोर्स ल’का लागि परिचित छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।