नबिल फ्लेक्सी क्याप फण्डको इकाई कारोबारमा 

Share News

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन भइरहेको नबिल फ्लेक्सी क्याप फण्डको इकाई फागुन ११ गतेदेखि कारोबारमा आएको छ ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नारायणचौर नक्साल, काठमाडौंमार्फत खरीदविक्री गर्न सकिने व्यवस्था मिलाइएको हो ।

खुलामुखी प्रकृतिको यो फण्डको इकाई खरीदविक्रीमा लागि आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काउन्टर खुला रहने जानकारी योजना व्यवस्थापकले दिएको छ ।

शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन योजनाको इकाई खरीदविक्री कार्य बन्द हुने जानकारीसमेत योजना व्यवस्थापकले गराएको छ । फण्ड सञ्चालनका लागि प्रतिइकाई रू. १० का दरको ७ करोड ५० लाख इकाई जारी गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।