काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ माघ मसान्तसम्ममा रू. ९ दशमलव ३८ छ । पुस मसान्तसम्ममा भने फण्डको न्याभ रू. ९ दशमलव ५४ थियो ।
त्यस्तै फण्डले माघ मसान्तसम्ममा रू. ५ करोड १५ लाख नाफा कमाएको छ । फण्डले पुस मसान्तसम्ममा भने रू. ७ करोड १५ लाख नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफा पुसको तुलनामा माघमा केही घटेको छ ।
माघमा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो । फण्डले पुस मसान्तसम्ममा रू. ८ करोड १७ लाख आम्दानी गरेकोमा माघ मसान्तसम्ममा घटेर रू. ६ करोड ३२ लाखमा सीमित भएको हो ।
त्यस्तै फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६१ करोड ७ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तसम्ममा रू. ६२ करोड ४२ लाख थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।