काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आवेदन दिने अन्तिम दिन आज अर्थात् सोमवारसम्म रहेको छ ।
कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणका लागि कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशत दरको २ लाख ३ हजार ३८० कित्ता शेयर विक्री गर्न अनुमति पाएको थियो ।
कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा बाँडफाँट गरी ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा हालसम्ममा १० लाख ७१ ह्जार ३७६ जना आवेदकले १ करोड २० लाख १२ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ७० दशमलव ७६ गुणा बढी आवेदन हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।