एशियन लाईफ इन्स्योरेन्सको व्यतित बीमा लेखमा ब्याज छूट

Share News

काठमाडौैं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमा लेखमा ब्याज छुट गरेको छ ।

कम्पनीबाट जारी गरिएको तथा नियमित रूपमा बीमा शुल्क भुक्तानी नगरेको कारण मिति २०७७ फागुन १४ देखि व्यतित भएका बीमा लेखहरू २०७९ फागुन १५ गतेदेखि २०७९ चैत ३० गतेभित्र पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छूट प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले २०७९ फागुन १४ सम्ममा नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघी पूर्ण व्यतित भएका बीमा लेखहरूलाई मात्र ब्याज छूट प्रदान गरिनेछ । २०८० फागुन १४ भन्दा अगाडि परिपक्व हुने बीमा लेखहरूमा ब्याज छूट प्रदान गरिने छैन ।

जीवन बीमा लेखसम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात् छूट लिइसकेका बीमितको हकमा भने पुनः ब्याज छुट नदिने कम्पनीले जनाएको छ । २०७९ फागुन १४ सम्ममा नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघी पूर्ण व्यतित भएको बीमा लेखहरूमा मात्रै छूट दिइने कम्पनीले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।