लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनओटै फण्डको न्याभ घट्यो, अन्य सूचक कस्ता ?

Share News

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष, शुभ लक्ष्मी कोष र लक्ष्मी इक्विटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।

विवरणअनुसार तीन ओटै फण्डको न्याभ घटेको छ । लक्ष्मी इक्वीटी फण्डको न्याभ माघ मसान्तसम्म रू. १० दशमलव ४२ रहेकोमा फागुन मसान्तसम्म घटेर रू. ९ दशमलव ९३ कायम भएको छ । त्यस्तै शुभ लक्ष्मी कोषको न्याभ माघ मसान्तसम्म रू. १० दशमलव १० रहेकोमा फागुन मसान्तसम्म रू. ९ दशमलव ६७ कायम भएको हो । 

लक्ष्मी उन्नति कोषको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ५९ रहेकोमा फागुन मसान्तसम्म रू. १० दशमलव २४ कायम भएको हो । त्यस्तै यस फण्डले फागुन मसान्तसम्म रू. ७ करोड १३ लाख नोक्सानी व्यहोरेको छ ।

माघ महीनामा पनि फण्डले रू. ४ करोड ८० लाख नोक्सानी व्यहोरेको छ । यसरी हेर्दा फण्डको नोक्सानी बढेको छ । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. ६ करोड ३४ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । माघ मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ६९ लाख ५८ हजार  रहेकोमा फागुन मसान्तसम्म बढेर रू. ७९ लाख २५ हजार पुगेको छ ।

त्यस्तै शुभ लक्ष्मी कोषले माघ मसान्तसम्म रू. २७ लाख ६१ हजार नाफा कमाएकोमा फागुन मसान्तसम्म रू. ९३ लाख ३४ हजार नोक्सानी व्यहोरेको छ । फागुन महीनामा फण्डको जम्मा आम्दानी रू. ३९ लाख ३७ हजार ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । माघ मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७७ लाख ५२ हजार धनात्मक थियो । 

माघ महीनाको तुलनामा फागुन महीनामा लक्ष्मी इक्वीटी फण्डको नोक्सानी बढेको छ । माघ मसान्तसम्म फण्डले रू. १५ करोड २४ लाख नोक्सानीमा रहेकोमा फागुन मसान्तसम्म बढेर रू. २१ करोड ३६ लाख पुगेको हो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू. १९ करोड ९० लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।

माघ मसान्तसम्म फण्डको जम्मा खर्च रू. १ करोड २८ लाख रहेकोमा फागुन मसान्तसम्म बढेर रू. १ करोड ४६ लाख पुगेको छ । म्युचुअल फण्डहरूले अधिकांश लगानी शेयर बजारमा गर्दछन् । माघ महीनामा शेयर बजार घटेको हुनाले पनि यसको असर म्युचुअल फण्डको नाफालगायत न्याभमा परेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।