काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार फण्डले फागुन मसान्तसम्म रू. ४ करोड ९० लाख नोक्सानी व्यहोरेको छ । फण्डले माघ मसान्तसम्म भने रू. १ करोड ५ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि र जम्मा आम्दानी रू. ३ करोड ६४ लाख ऋणात्मक रहेको छ ।
माघ मसान्तसम्म फण्डको जम्मा खर्च रू. १ करोड १० लाख रहेकोमा फागुन मसान्तसम्म बढेर रू. १ करोड २५ लाख पुगेको छ । त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ ।
माघ मसान्तसम्म फण्डको न्याभ रू. ८ दशमलव ७३ रहेकोमा फागुन मसान्तसम्म रू. ८ दशमलव २५ मा झरेको हो । त्यस्तै यस फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ८३ करोड ८६ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तसम्म रू. ८७ करोड ६८ लाख थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।