काठमाडौं । बेलायती बहुराष्ट्रिय आतिथ्य कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स एन्ड रेजोर्ट ग्रुप (आईएचजी) ले नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदैछ । कम्पनीले शाङ्ग्रिला होटल एन्ड रेजोर्ट ग्रुपसँग चारओटा नयाँ होटल बनाउने सहमतिमा हस्ताक्षर गरेको छ ।
कम्पनीले लाजिम्पाटमा इन्टरकन्टिनेन्टल काठमाडौं लाजिम्पाट, पोखराको घरिपाटनमा होटल इन्डिगो, पोखराकै बेगनास तालनजिक इन्टरकन्टिनेन्टल रेजोर्ट र चितवनको मेघौलीमा इन्टरकन्टिनेन्टल रेजोर्ट बनाउने भएको छ । सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालमा आईएचजीको उपस्थिति थप बलियो बन्नेछ ।
नेपालमा कम्पनीको ग्लोबल ब्रान्डहरू InterContinental Hotel र Indigo को पनि डेब्यू हुनेछ । यसले दक्षिण पश्चिम एशियामा विशेषगरी लक्जरी र लाइफस्टाल सेग्मेन्टमा आईएचजीको पकड पनि बढ्नेछ ।
यी होटलहरू १ देखि ४ वर्षभित्र खुल्ने बताइएको छ । यी होटलहरू नेपालमा लक्जरी होटलका लागि सबैभन्दा धेरै खोजी हुने कम्पनीको आशा छ ।
इन्टरकन्टिनेन्टल काठमाडौं लाजिम्पाट होटल शाङ्ग्रिला काठमाडौं होटलको पुनः विकास गरेर बनाइनेछ । यो होटलमा २२५ विलासी कोठाहरू हुनेछन् । होटलमा खुद्रा स्टोर, health club, क्लब लाउन्ज, विजनेश सेन्टर, इन्डोर र आउटडोर मनोरञ्जनात्मक स्थल आदि सुविधाहरू हुने बताइएको छ ।
होटल इन्डिगोमा १०० कोठा बनाइनेछन् । यो होटलमा पनि खुद्रा स्टोर, Spa, क्लब लाउन्ज, बिजनेश सेन्टर, इन्डोर र आउटडोर मनोरञ्जनात्मक स्थल आदि सुविधा रहनेछन् । यहाँ दुई ओटा मिटिङ हल, एउटा बल रुम र बोर्ड रुम पनि रहनेछ । अतिथिहरूका लागि क्याफे, विशेष रेष्टुराँ, लबी, लाउन्ज र Bar पनि हुनेछ ।
पोखराको बेगनास तालको किनारमा खाेलिन लागेको इन्टरकन्टिनेन्टल रेजोर्टमा ८० कोठा रहनेछन् । यस्तै अल डे डाइनिङ लबी, बार समेतका डाइनिङ अप्सन रहनेछन् । यहाँ पनि खुद्रा स्टोर, स्पा, क्लब लाउन्ज, हेल्थ क्लब, स्पा, बिजनेश सेन्टर, इन्डोर र आउटडोर मनोरञ्जनात्मक स्थल आदि सुविधा रहने बताइएको छ ।
इन्टरकन्टिनेन्टल रेजोर्ट चितवनमा पनि ८० कोठा हुनेछन् । यहाँ पनि विशेष रेष्टुराँ, लबी लाउन्ज, बार, हेल्थ क्लब, स्पा, बिजनेश सेन्टर, इन्डोर र आउटडोर मनोरञ्जनात्मक स्थल आदि रहने बताइएको छ । चारओटै होटलमा आईएचजीको विश्वस्तरीय सेवा उपलब्ध हुनेछ ।
आईएचजीले पाँचओटा ब्रान्डमा ४७ ओटा होटल चलाइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।