काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा चैत २९ गते हस्ताक्षर भएको हो ।
आशा लघुवित्तको केन्द्रीय कार्यालय नुवाकोटको ककनी गाउँपालिका-६ मदानपुरमा रहेको छ । राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपा वडा नं १३ साँगामा रहेको छ । आशा लघुवित्तको चुक्तापूँजी रू. ३३ करोड ३९ लाख र राष्ट्र उत्थान लघुवित्तको रू. २६ करोड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।