लिखुखोला जलविद्युतमा लगानी गर्न र बैकको ऋण तिर्न अरुण भ्याली हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

Share News

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८६ करोड बराबरको बत प्रतिशत हकप्रद शेयर निष्कासनसम्बन्धी निर्णय गरेको हो । 

उक्त हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निणर्य गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निणर्य गरेको छ ।

विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएपछि कम्पनीको विशेष साधारणसभामा हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि पेस गर्ने निणर्य पनि कम्पनीले गरेको छ । त्यसपछि कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि हकप्रद शेयर निष्कासन गरिनेछ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ ।

 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।