काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार फण्डको नाफासँगै न्याभमा पनि वृद्धि भएको छ । फागुनसम्म रू. ४ करोड ९ लाख नाफा कमाएको फण्डले चैत मसान्तसम्म नाफा रू. ५ करोड ५५ लाख पुर्याएको हो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । फागुन मसान्तसम्म फण्डले रू. ५ करोड ६० लाख आम्दानी गरेकोमा चैत मसान्तसम्म बढेर रू. ७ करोड २५ लाख पुगेको छ ।
नाफासँगै फण्डको न्याभमा पनि वृद्धि भएको छ । फागुन मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ३२ रहेकोमा चैत मसान्तसम्म बढेर रू. १० दशमलव ४४ पुगेको हो । त्यस्तै फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ४७ करोड ५६ लाख लगानी गरेको छ । यस्तो लगानी फागुन मसान्तसम्म रू. ४६ करोड १७ लाख थियो । चैत मसान्तसम्ममा फण्डको बैंक मौज्दात रू. ४७ करोड ५३ लाख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।