सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै फण्डको सूचीकृत शेयरमा लगानी घट्यो

Share News

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ र १ ले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुबै फण्डको सूचीकृत शेयरमा लगानी फागुन मसान्तको तुलनामा चैत मसान्तमा केही घटेको छ । 
सिटिजन्स म्युचुअल फण्ड २ ले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३८ करोड ४४ लाख लगानी गरेकोमा चैत मसान्तसम्ममा घटेर रू. ३७ करोड ७९ लाख कायम भएको हो । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ ले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४८ करोड ६७ लाख लगानी गरेकोमा चैत मसान्तमा रू. ४८ करोड ३८ लाख कायम भएको हो । 
यस फण्डको न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रुपैया १८ पैसा रहेकोमा चैत मसान्तमा बढेर ९ रुपैया १९ पैसा कायम भएको हो । 
एनएभी सँगै फण्डको नाफामा पनि वृद्धि भएको छ । फागुन मसान्तसम्ममा फण्डले रू. ३४ लाख ८७ हजार नाफा कमाएकोमा चैत मसान्तमा बढेर रू. ४३ लाख १८ हजार पुगेको हो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 
फागुन मसान्तसम्ममा फण्डले रू. १ करोड २७ लाख आम्दानी गरेकोमा चैत मसान्तसम्ममा बढेर रू. १ करोड ४८ लाख पुगेको हो ।  
सिटीजन्स म्युचुअल फण्ड २ को न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको न्याभ ९ रुपैया ९२ पैसा रहेकोमा चैत मसान्तमा घटेर ९ रुपैया ८३ पैसा कायम भएको हो । त्यसैगरी यस फण्डको नोक्सानीमा पनि फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ । फागुन मसान्तसम्ममा फण्डले रू. ५६ हजार  नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. ५६ लाख १५ हजार पुगेको छ । चैत महीनामा फण्डको आम्दानी घटेकाले नोक्सानी बढेको हो । फागुन मसान्तसम्ममा फण्डले रू. ६७ लाख ६० हजार आम्दानी गरेकोमा चैत मसान्तमा घटेर रू. २१ लाख १२ हजारमा सिमित भएको छ । 

सिटीजन्स म्युचुअल फण्ड १ सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

सिटीजन्स म्युचुअल फण्ड२ सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।