काठमाडौं । नेप्सेमा सूचीकृत १५ वित्त कम्पनीहरू (Finance)ले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको नाफा (Profit) गत आवको तुलनामा घटेको छ । चालू आवमा यी कम्पनीहरूको खराब कर्जा (Bad Loan) बढेकोले नाफा प्रभावित भएको देखिन्छ ।
१५ मध्ये तीन कम्पनीको निष्क्रिय कर्जा (Non Performing Loan) गत आवको तुलनामा चालू आवमा घटेको छ भने बाँकी सबैको बढेको हो । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स र मल्टीपर्पस फाइनान्सको निष्क्रिय कर्जा घटेको हो । यद्यपि नेपाल फाइनान्स र गोखार्ज फाइनान्सको यस्तो कर्जा उच्च नै रहेको छ ।
त्यस्तै सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाइनान्सको २३ दशमलव ६ प्रतिशत रहेको छ । गत आवमा भने यस कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ८ प्रतिशत थियो । त्यस्तै दोस्रोमा समृद्धि फाइनान्सको निष्क्रिय कर्जा १३ दशमलव ४९ प्रतिशत रहेको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरूमध्ये दुई कम्पनी नोक्सानीमा रहेका छन्। प्रोग्रेशिभ फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा रहेका छन्। बाँकीमध्ये दुई कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा बढेको छ भने अन्यको नाफा घटेको छ ।
मल्टीपर्पस फाइनान्सको नाफा गत आवको तुलनामा चालू आवमा ९५८ प्रतिशत वृद्धि भएको हो । गत आवमा ५ लाख ७ हजार नाफा कमाएको कम्पनीले चालू आवमा रू. ५३ लाख ६६ हजार नाफा पुर्याएको छ ।
त्यस्तै यी १५ कम्पनीमध्ये सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्सले रू. १७ करोड १७ लाख छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ५१ दशमलव ९१ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ११ करोड ३० लाख नाफा कमाएको थियो ।
त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्सले रू. ९ करोड १५ लाख नाफा कमाएको हो । सबैभन्दा कम नाफा रिलायन्स फाइनान्सको रू. ४६ लाख ३९ हजार रहेकोछ ।
#FinanceCompany #NonPerformingLoan #BadLoan #AbhiyanDaily #AarthikAbhiyan
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।