काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. १९ करोड ४७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ५ दशमलव ८० प्रतिशत वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १८ करोड ४० लाख नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ७४ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. २७ करोड ८८ लाख आम्दानी गरेको कम्पनीले चालू आवमा रू. ४८ करोड ७४ लाख आम्दानी गरेको हो ।
चुक्तापूँजी रू. २ अर्ब ९० करोड रहेको कम्पनीले जगेडामा रू. ४९ करोड ७७ लाख सञ्चित गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा रू. ३६ अर्ब ५४ करोडभन्दा बढी छ । बीमा कोष गत आवको तुलनामा चालू आवमा १७ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ५ अर्ब १७ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ६ लाख १८ हजार ३३७ रहेको छ ।
त्यस्तै कम्पनीले हालसम्म रू. ५ अर्ब १२ करोडभन्दा बढी दाबी भुक्तानी गरेको छ भने रू. ४ करोड १२ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ९३ (वार्षिक), मूल्य आम्दानी अनुपात ६८ दशमलव १० गुणा र प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव शून्य ३ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।