प्रभु स्मार्ट फण्डको इकाई सूचीकृत, बुधवारबाट कारोबारमा आउने

Share News

काठमाडौं । प्रभु  स्मार्ट फण्डको इकाई मंगलवार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । फण्डको १० करोड इकाई सूचीकृत भएको हो ।

अब यो इकाई धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात् बुधवारदेखि कारोबारमा आउनेछ । फण्डको स्टक सिम्बोल  बीआरएसएफ रहेको छ । जेठ २३ गते नेपाल स्टक एक्सचेन्ज र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै फण्डको कारोबार  बुधवारदेखि हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।