काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टलाई विभिन्न आकर्षक सुविधासहितको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ ।
यो योजना २०८० असार मसान्तसम्म सञ्चालन हुने र उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्ट मात्र यस योजनामा समावेश हुन सक्ने बैंकको भनाइ छ । बैंकले यस योजनाका लागि विभिन्न संस्थासँग सम्झौता गरी नगद तथा सेवा उपहारको व्यवस्था गरेको छ ।
बैंकका अनुसार यती एयरलाइन्स, काठमाडौं सुपरमार्केट, ट्रिकोट इन्डस्ट्रिज, हार्ड रक क्याफे, बिग डिजिटल, सीजी डिजिटल, अगेनो सेकुवा, हुकुट स्टोर, कुटुम्ब होटल, अपटाउन रेष्टुरेन्ट र स्क्वायर होटलले भौचर प्रदान गर्ने बताइएको छ ।
यी संस्थाले विभिन्न २०० मर्चेन्टलाई निजहरूको कारोबार रकम र कारोबार संख्याका आधारमा छनोट गरेर भौचर प्रदान गर्ने बैंकको भनाइ छ । यसै योजना अनुसार बैंकले राखेको फोनपे क्यूआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्यूआर भुक्तानी लिने मर्चेन्टले एक पटक वा पटक पटक गरी रू. २०० भन्दा माथिको भुक्तानी लिँदा कुल रू. १०० क्यासब्याक प्राप्त गर्ने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।