मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेर्फस बर्गरमा छूट  

Share News

काठमाडौं  । मुक्तिनाथ विकास बैंकले आर्फना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई थप सेवा दिन नेपालका विभिन्न स्थानमा शाखा रहेको ‘सेर्फस बर्गर प्रालि’सँग छूट सम्झौता गरेको छ ।

यस सम्झौतापछि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सेर्फस बर्गरका विभिन्न शाखाका फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छूट प्राप्त गर्ने बताइएको छ ।

साथै, डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने बताइएको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ,  रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ जस्ता सेवा घरबाटै लिन सकिने बैंकले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।