योगमा मस्त युवा [फोटो फिचर]

Share News

काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस । ‘मानवताका लागि योग’ भन्ने मुल नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । 

योग दिवसका अवसरमा काठमाडौंको शंख पार्क, योगा पार्कलगायतका ठाउँमा योग गर्नेको घुइँचो लाग्यो । ती ठाउँमा आएकाहरू योगमा मस्त देखिन्थे । योग गर्न आउनेहरूमा अधिकांश युवा थिए, पाको उमेरका व्यक्ति भने फाट्टफुट्ट थिए । 

पूर्वीय चिकित्सा विधामा योग महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय भने अमेरिका र युरोपका देशहरूमा पनि योग गर्न थालिएको छ । 

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखमा मनाइन्छ । 

तस्वीरहरु: सुनिल शर्मा /आर्थिक अभियान 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।