एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस शेयर वितरण

Share News

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत वैशाख १८ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । 

कम्पनीले रू. २ अर्ब ९० करोड ८१ लाख ११ हजार चुक्ता पूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो । बोनससँगै यस वर्ष कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ८ गते एक दिन बुक क्लोज गरेकाले वैशाख ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

वैशाख ७ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।