आर्थिक अभियान तथ्यांकोवाच : यातायात सेवामा नेपालको वैदेशिक व्यापार

Share News

काठमाडौं । भूपरिवेष्ठित मुलुकका लागि सेवा व्यापार जीवनरेखाको रूपमा लिइने गरिन्छ । परन्तु नेपालमा सेवा व्यापारको बारेमा खासै चर्चा हुने गरेको पाइँदैन । सेवा व्यापारको महत्त्वबारे नीतिगत तथा व्यावसायिक तहमा बुझाउन यससम्बन्धी तथ्यांकलाई बोधगम्य बनाउन देखिएको छ । यसै उद्देश्यले नेपाल राष्ट्र बैंकबाट नियमित रूपमा प्रकाशन हुने ‘बीएमपी ६’ को वर्गीकरणमा आधारित रहेर सेवा व्यापारसम्बन्धी तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।

यातायात सेवा नेपालको पक्षमा असन्तुलन भएको सेवा व्यापार हो । चालू आर्थिक वर्षको पहिलो १० महीनामा यातायात सेवा व्यापारको निर्यात रू. १४ अर्ब १५ करोडको हाराहारीमा छ भने सो अवधिमा यातायात सेवाको आयात रू. ६७ अर्ब २५ करोड रहेको छ । यस आँकडाले उचित रणनीति अंगीकार गर्न सके यातायात सेवा नेपालको निर्यात सेवामा महत्त्वपूर्ण क्षेत्रको रूपमा आउने देखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।