सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई आइतवार सूचीकृत भएको छ ।

फण्डको ८ करोड ५ लाख ८० हजार इकाई सूचीकृत भएको हो । अब यस फण्डको इकाई धितोपत्रको दोस्रो बजारमा भोलि (सोमवार)देखि कारोबारमा आउनेछ । 

नेप्सेले यस फण्डलाई ‘एसआईजीएस ३’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । 

फण्डको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल छन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।