काठमाडौं । भूपरिवेष्ठित मुलुकका लागि सेवा व्यापार जीवनरेखाको रूपमा लिइने गरिन्छ । परन्तु नेपालमा सेवा व्यापारको बारेमा खासै चर्चा हुने गरेको पाइँदैन । सेवा व्यापारको महत्त्वबारे नीतिगत तथा व्यावसायिक तहमा बुझाउन यससम्बन्धी तथ्यांक बोधगम्य बनाउन देखिएको छ । यसै उद्देश्यले नेपाल राष्ट्र बैंकबाट नियमित रूपमा प्रकाशन हुने ‘बीएमपी ६’को वर्गीकरणमा आधारित रहेर सेवा व्यापारसम्बन्धी तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।
बौद्धिक सम्पत्तिको शुल्क सेवा नेपालको पक्षमा असन्तुलन भएको सेवा व्यापार हो । गत आर्थिक वर्षको पहिलो १० महीनामा बौद्धिक सम्पत्तिको शुल्क सेवाको निर्यात रू. ८ करोड ६० लाखको हाराहारीमा रहेको छ भने सो अवधिमा बौद्धिक सम्पत्तिको शुल्क सेवाको आयात रू. ५० करोड ९० लाख रहेको छ । यस आँकडाले बौद्धिक सम्पत्तिको शुल्क सम्बन्धी व्यापार असन्तुलन कम गर्न विशेष पहल लिन आवश्यक देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।