बलेफी हाइड्रोले संशोधन गर्‍यो हकप्रदको प्रस्ताव

Share News

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने निर्णय गरेकोमा बैंकको ऋण तिर्न अपुग हुने भएकाले बढाएर हकप्रद शेयर विक्री गर्ने भएको हो ।

यसअघि फागुन १२ गते गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव संशोधन गर्दै साउन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले गरेको हकप्रद संशोधनको निर्णय आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेस गरिने जानकारी कम्पनीले दिएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।