मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलमा छूट

Share News

काठमाडौं । मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिमा २० प्रतिशतसम्म छूट पाउने भएका छन् । यसका लागि बैंक र हस्पिटलबीच छूट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता भएको बैंकले जनाएको छ । 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।