अभियान लघुवित्तको नाफा गत वर्ष ९६ प्रतिशतभन्दा बढीले घट्यो

Share News

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा ९८ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ करोड ६७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३ लाख २८ हजार रुपैयाँभन्दा बढी यो नाफा गरेको हो ।

सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड छ । रिटेन्ड अर्निङ ६३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ३ करोड ३७ लाख रुपैयाँभन्दा बढी कायम छ ।

गत चौथो त्रैमाससम्म कम्पनीले २० करोड ८४ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ७७ करोड २३ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा अघिल्लो वर्ष २ दशमलव ६० प्रतिशत रहेकोमा गत वर्ष बढेर ४ दशमलव ८९ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा छ । 

रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।