११ म्युचुअल फण्डले घोषणा गरे गत वर्षको लाभांश,अधिकांशको अघिल्लो वर्ष भन्दा बढ्यो

Share News

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा ११ म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल (लाभांश) वितरण गर्ने प्रस्ताव गरेका छन् । अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ । 

लाभांश वितरण गर्ने प्रस्ताव गरेका फण्डहरुमध्ये सबैभन्दा बढी सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । 

त्यस्तै दोस्रोमा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आवको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । 
त्यस्तै सबैभन्दा कम लाभांश एनआईबिएल सहभागिता फण्डको   ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस फण्डले अघिल्लो वर्षको तुलनामा गत वर्षमा लाभांश घटाएको छ ।  अघिल्लो वर्ष भने आफ्ना शेयरधनीलाई ७ दशलमव २ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ११ फण्डहरुमध्ये यस एनआईबिएल सहभागिता फण्ड ,सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा घटेको हो भने बाँकी सबैं फण्डको लाभांश बढेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले अघिल्लो वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्षमा ६ दशलमव ५ प्रतिशतमा झरेको हो । त्यस्तै सिद्धार्थ इक्वीटी फण्डले अघिल्लो वर्ष आफ्ना शेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्ष ४ प्रतिशतमा झरेको हो । 


लक्ष्मी उन्नती कोष र कुमारी धनवृद्धि योजनाले अघिल्लो वर्ष लाभांश वितरण गरेका थिएनन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।