काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । प्रतिफल वितरण प्रयोजनको लागि फण्डले भोलि बुक क्लोज गर्दैछ ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरूले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
फण्डले आफ्ना इकाईधनीहरूलाई करसहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । फण्डको योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।