बलेफी हाइड्रोपावरले दुई आर्थिक वर्षको साधारण सभा असाजेज १८ गते गर्ने,शतप्रतिशत हकप्रद निष्कासन गर्ने

Share News

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ । 
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा असोज १८ गते गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।  

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने मुख्य प्रस्ताव पारीत गर्नेछ । त्यसका लागि १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । 
सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । सञ्चालक समितिको पुनर्गठन तथा साधारणरण र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा असोज ४ गतेसम्म कायम शेयरधनीहरुमात्रै वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।