माण्डु हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

Share News

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

अब कम्पनीका सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका कार्यहरू एनआइएमबि एस क्यापिटलबाट हुनेछन् ।

कम्पनीले असोज ४ गते शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको जानकारी गराएको छ ।  

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।