नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला, क कसले आवेदन दिन पाउँछन ?

Share News

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५ लाख कित्ता संस्थापक शेयर आज अर्थात असोज १८ गतेबाट लिलामीमा विक्री खुला गरेको छ ।  विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । 

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुका साथ अन्य संगठित संस्थाहरुले खरीद आवेदन दिन सक्नेछ । 
शेयरको न्यूनत मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ । यस आधारमा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।  
खरीद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ । आवेदकले असोज २६ गते सम्म लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।