एनआईसी एशिया म्युचुअलका दुई फण्डले गरे लाभांश घोषणा

Share News

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईओटा योजनाले लाभांश घोषणा गरेका छन् । 

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले करसहित एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीहरूलाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाइधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

यी दुवै योजनाका इकाइधनीहरूलाई क्रमशः ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ र ७ करोड ५५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।