काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओले रू. १४२ दशमलव ०१ देखि ४२६ दशमलव ०३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव ०१ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।
कम्पनीको आईपीओ असोज २४ बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा १० लाख ३२ हजार १३२ जना आवेदकले २१० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको ८ कित्ता आईपीओ ८ जनालाई थप एक कित्ताका दरले बाँडफाँट भएको थियो ।
कम्पनीले असोज १४ देखि १८ गतेसम्म ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू. २३७ दशमलव ५८ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।