एनएमबि फिप्टीको सूचीकृत शेयरमा लगानी घट्यो, अन्य सूचक कस्ता ?

Share News

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिप्टीले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोड लगानी गरेकोमा असोज मसान्तमा रू. ९२ करोडमा सीमित भएको हो । 

त्यस्तै यस फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ०४ पैसा कायम भएको छ । भदौ मसान्तमा यस फण्डको न्याभ ११ रुपैयाँ ९३ पैसा थियो । असोज मसान्तको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)मा गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको १५ प्रतिशत लाभांश संमायोजनपछि न्याभ घटेको हो ।  

फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको छ । भदौ मसान्तमा फण्डले रू. ५ करोड १४ लाख नोक्सानी व्यहोरेकोमा असोज मसान्तमा बढेर रू. १० करोड पुगेको छ । असोजमा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । भदौ मसान्तमा फण्डको जम्मा खर्च रू. ४९ लाख ९१ हजार रहेकोमा असोज मसान्तमा बढेर रू. ६९ लाख ६४ हजार पुगेको छ । त्यस्तै असोज मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ९ करोड ३४ लाख ऋणात्मक छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।