बुलेट खुर्सानीको मूल्य एक महीनामा ४३ प्रतिशतले घट्दा अन्य खुर्सानीको मूल्य कति ?

Share News

काठमाडौं । एक महीनामा नै बुलेट खुर्सानीको मूल्य ४३ प्रतिशतले घटेको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार खुर्सानी हरियो (बुलेट) को मूल्य प्रतिकिलोग्राम ४२ दशमलव ८६ प्रतिशतले घटेको हो ।

समितिका अनुसार एक महीनाअघि ११६ रुपैयाँ प्रतिकिलोग्राम मूल्य रहेको यस खुर्सानीको मूल्य मंगलवार प्रतिकिलोग्राम ६६ रुपैयाँ रहेको छ । 

कालिमाटी तरकारी बजारमा सुकेको खुर्सानीदेखि हरियो अकबरे, बुलेट, माछे लगायतको खुर्सानी पाइने गरेको छ । एक महीनाको अवधिमा सबैजसो खुर्सानीको मूल्य घट्दा खुर्सानी हरियो (माछे) को भने मूल्य बढेको छ । 

खुर्सानी हरियो (माछे) को मूल्य २४ प्रतिशतले घटेको समितिले जनाएको छ । समितिका अनुसार एक महीनाअघि ७६ रुपैयाँ प्रतिकिलोग्राम मूल्य रहेको यस खुर्सानीको मूल्य मंगलवार प्रतिकिलोग्राम ९५ रुपैयाँ छ ।

कुन खुर्सानीको मूल्य कति?

खुर्सानी मूल्य
खुर्सानी सुकेको  रू ४६५.००
खुर्सानी हरियो  रू ५६.६७
खुर्सानी हरियो (बुलेट)  रू ६६.६७
खुर्सानी हरियो (माछे)  रू ९५.००
खुर्सानी हरियो (अकबरे)  रू २२५.००
भेडे खुर्सानी  रू ८६.००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।