-‘यू–ट्युब’मा एकाउण्टको सङ्ख्या ३० करोडभन्दा बढी रहेको अनुमान गरिन्छ ।
- एक दिनमै यसमा करीब २ लाखभन्दा बढी भिडियो अपलोड हुने गर्छन् ।
- यसमा अपलोड गरिएका सबै भिडियो हेर्नका लागि ६ सय वर्षभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
- यो साइटको प्रयोग गरी विश्वभर दिनमा करीब २ करोडभन्दा बढी भिडियो हेरिने बताइन्छ ।
- प्रत्येक १ मिनेटको समयमा यस साइटमा २४ घण्टासम्मको ‘भिडियो कण्टेण्ट’ अपलोड हुने गर्छ ।
- यस साइटमा १२ प्रतिशतभन्दा बढी कपिराइटसहितका भिडियोसमेत रहेका छन् ।
- यसमो सङ्गीतसम्बन्धी भिडियो सर्वाधिक अपलोड हुने गर्छ । यसमा रहेका सम्पूर्ण भिडियोमध्ये २० प्रतिशत सङ्गीतसँग सम्बन्धित छन् । त्यसैगरी मनोरञ्जन, मानिस तथा ब्लग, हास्य, खेल, शिक्षा सामग्री र चलचित्र क्रमशः १५, १४, १३ ,७, ६ र ५ प्रतिशत रहेका छन् ।
- यसमा ८० प्रतिशत भिडियो सर्वसाधारणले अपलोड गर्ने गरेका छन् । यो साइटमा व्यावसायिक प्रयोजनका लागि करीब १५ प्रतिशत अपलोड हुने गर्छन् । त्यसैगरी विज्ञापन तथा अन्य गरी जम्मा ५ प्रतिशत भिडियो रहेका छन् ।
- विश्वभरि सबैभन्दा बढी हेरिने वेबसाइटहरूमा यो साइट सधैं उत्कृष्ट १० भित्र पर्न सफल रहेको छ ।
स्रोत : विभिन्न वेबसाइट
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।