आईटी क्विज २०७१ जेठ ५ , सोमवार

Share News


कुन उद्देश्यले स्क्रिन सेभरको आविष्कार गरिएको थियो ?

सीआरटी तथा प्लाज्मा कम्प्युटर मोनिटरलाई फोसफोर बर्नबाट जोगाउन स्क्रिन सेभरको आविष्कार गरिएको मानिन्छ ।

‘ह्वाइट ह्याट ह्याकर’को संज्ञा कस्ता ह्याकरलाई दिइन्छ ?
ह्याकिङ गरी कार्यक्षेत्रको सुरक्षा बलियो बनाउन सहयोग गर्ने कम्प्युटर सुरक्षा विशेषज्ञलाई ‘ह्वाइट ह्याट ह्याकर’ भनिन्छ ।

‘ट्र्युटाइप डिजिटल फण्ट’ फम्र्याट कुन कम्पनीले डिजाइन गरेको हो ?
‘ट्र्युटाइप डिजिटल फण्ट’ फम्र्याटको डिजाइन एप्पल कम्पनीले गरेको हो ।

भ्वाइस ओभर इण्टरनेट प्रोटोकलमा हुने फिसिङलाई के भनिन्छ ?
भ्वाइस ओभर इण्टरनेट प्रोटोकलमा हुने फिसिङलाई भिसिङ भनिन्छ । यसलाई  छोटकरीमा भीओआईपी फिसिङसमेत भन्ने गरिन्छ ।

साइबर स्क्वाटिङ भनेको के हो ?
कुनै ट्रेडमार्क वा अन्यका नाममा रहेको कम्पनीको परिचयमा हानि पु¥याउने उद्देश्यले तिनको नाममा रजिष्टर गर्नु, नराम्रा विज्ञापन गरी प्रयोगकर्ताको सङ्ख्या बढाउनु तथा डोमेन नेमको प्रयोग गर्नुलाई साइबर स्क्वाटिङ भनिन्छ ।

आईफोनका अनुसार ‘पासबूक’ भन्नाले के बुझिन्छ ?

यो आईओएसको एकप्रकारको एप्लिकेशन हो । यसले कुपन, बोर्डिङ पास, विभिन्न कार्यक्रमको टिकटलगायत मोबाइल पेमेण्टका विभिन्न प्रकारलाई सञ्चय गर्न सहयोग पु¥याउँछ ।

विश्वको पहिलो स्मार्टफोनको नाम के हो ?
विश्वको पहिलो स्मार्टफोनको नाम ‘आईबीएम सिमोन’ हो । यसको निर्माण सन् १९९४ अगष्ट १६ मा गरिएको थियो ।

प्रसिद्ध सामाजिक सञ्जाल फेसबूक कहिलेदेखि सञ्चालनमा आएको हो ?
फेसबूक सन् २००४ फेबु्रअरी ४ देखि सञ्चालनमा  आएको फेसबूकको प्रयोग करीब १ वर्षसम्म अमेरिकामै सीमित थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।