एनआईसी एशिया सेलेक्ट ३० ले सूचीकृत धितोपत्रमा लगानी बढायो

Share News

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोज महीनाको तुलनामा कात्तिक महीनामा सूचीकृत धितोपत्रमा लगानी बढाएको छ । असोज मसान्तमा फण्डको सूचीकृत धितोपत्रमा लगानी रू. ६२ करोड ६० लाख रहेकोमा कात्तिक मसान्तमा बढाएर रू. ६७ करोड ९ लाख पु¥याएको छ । 

फण्ड कात्तिक मसान्तसम्ममा रू.७ करोड ९७ लाख  नोक्सानीमा रहेको छ । असोज मसान्तमा पनि फण्ड रू. ७ करोड १९ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी असोज महीनाको तुनलामा कात्तिक महीनामा बढेको छ । कात्तिक महीनाका फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।

असोज मसान्तमा फण्डको जम्मा खर्च रू. ६२ लाख ९५ हजार रहेकोमा कात्तिक मसान्तमा  बढेर रू. ९० लाख १० हजार पुगेको छ ।  फण्डको न्याभ भने  असोज महीनाको तुलनामा कात्तिक महीनामा घटेको छ । असोज मसान्त फण्डको न्याभ १० रुपैयाँ ४० पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर १० रुपैयाँ ३४ पैसामा सिमित भएको हो । 

रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।